वीरगन्ज :

पर्सामा सरुवा भई आएका एसपी मिश्रले कार्यभार सम्हाले

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.2kViews
1246 Shares

बीरगन्ज, १४ माघ । जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भई आएका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले सोमबारदेखि आफ्नो कार्यभार सम्हालेका छन्।

प्रहरी प्रधान कार्यालयले माघ ११ गते १७ जना प्रहरी उपरीक्षकहरूको एकसाथ सरुवा गरेपछि मिश्रलाई मानव बेचबिखन अनुसन्धान ब्युरो, काठमाडौंबाट पर्सा सरुवा गरेको थियो। यसअघि पर्सामा कार्यरत एसपी कुमार ढुंगेललाई केन्द्रीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखा, नक्शाल, काठमाडौं सरुवा गरिएको थियो।

नयाँ जिम्मेवारीका लागि सोमबार साँझ बीरगन्ज आइपुगेका एसपी मिश्रलाई जिल्ला प्रहरी कार्यालय पर्सामा पुग्दा प्रहरी नायब उपरीक्षक र निरीक्षकसहितका अधिकारीहरूले स्वागत गरे।

यसैबीच, पर्साबाट सरुवा भई काठमाडौं गएका एसपी ढुंगेलले पनि सोमबार नै रवाना पत्र लिएर कार्यालय छोडेका छन्।

ढुंगेलले २०८० फागुन ९ देखि २०८१ माघ १४ सम्म ११ महिनासम्म पर्सा प्रहरीको नेतृत्व सम्हालेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *