वीरगन्ज :

पर्सामा सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

श्रेणी : मधेस

3 months
Pradeep Sah
3.0kViews
1520 Shares

बीरगन्ज,०७ जेठ । पछिल्ला दिनहरूमा पर्सा जिल्लामा बढ्दो सडक दुर्घटनालाई ध्यानमा राख्दै ट्राफिक सचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, समृद्धि नेपाल र व्यवस्थित बीरगन्ज अभियानको संयुक्त पहलमा बीरगन्जको ऐतिहासिक घन्टाघर मुख्यचोकमा आयोजित यस कार्यक्रमले सडक सुरक्षामा जनसहभागिता बढाउने र ट्राफिक नियमप्रति समुदायलाई थप सचेत गराउने उद्देश्य राखेको थियो।

कार्यक्रममा ट्राफिक नियमको अवज्ञाबाट हुने दुर्घटनाको दृश्यात्मक प्रस्तुति गरिएको थियो। भिडियो र वृत्तचित्रमार्फत सवारी साधन चलाउँदा आवश्यक सावधानी, पैदल यात्रीका अधिकार, संकेत चिह्नको महत्त्व, हेलमेटको अनिवार्यता लगायतका विषयमा जनमानसलाई जानकारी दिइयो।

बालबालिका, महिला, युवा, वृद्धलगायत सयौं सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रमले सहभागीहरूमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकहरूले जनाएका छन्।

कार्यक्रम संयोजक दिलिप राज कार्कीले ट्राफिक नियम उल्लंघन सडक दुर्घटनाको प्रमुख कारण भएको उल्लेख गर्दै समुदायमै पुगेर सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए। सह–आयोजक संस्था समृद्धि नेपालका अध्यक्ष सुरज सरार्फले पर्साको अन्य स्थानहरूमा पनि यस्ता कार्यक्रम क्रमशः विस्तार गरिने योजना रहेको जानकारी दिए।

कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लोकराज भट्ट, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *