वीरगन्ज :

पर्साको धोबीनीमा भीषण आगलागी एक घर पूर्णरूपमा नष्ट

श्रेणी : अर्थ

4 months
Pradeep Sah
1.6kViews
1725 Shares

बीरगन्ज,३१ वैशाख । पर्सा जिल्लाको धोबीनी गाउँपालिका–५, सानो धोबीनीमा आज दिउँसो करिब १:३० बजे भएको भीषण आगलागीले एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ। घटनामा घरमै बाँधिएका तीन वटा बाख्राको जलेर मरेका छन ।

प्रत्यक्षदर्शी स्थानीयबासीका अनुसार आगलागीको कारण अझै खुल्न सकेको छैन, तर प्रारम्भिक अनुमानमा विद्युत सर्ट सर्किट वा चुलोबाट आगो फैलिएको आशंका गरिएको छ। आगोको तीव्रता अत्यन्तै उच्च भएकोले स्थानीयले बाल्टीन र पानीको सहायताले निभाउने प्रयास गरे पनि सफल हुन सकेनन्।

हालसम्म घरधनीको परिचय सार्वजनिक गरिएको छैन, तर प्रारम्भिक विवरणअनुसार आगलागीबाट लाखौं रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको छ। जलेको घरसँगै अन्न, लत्ता–कपडा, भाँडाकुडा र अन्य दैनिक उपभोग्य सामग्री पूर्णरूपमा नष्ट भएका छन्।

घटनाको जानकारी प्राप्त भएलगत्तै स्थानीय प्रहरी टोली र गाउँपालिकाका प्रतिनिधि घटनास्थलमा पुगेका थिए। आगो नियन्त्रणमा आएपछि प्रारम्भिक क्षति मूल्याङ्कन सुरु गरिएको छ भने राहत र पुनःस्थापनाको प्रक्रिया अघि बढाइएको छ।

खबर फैलिएसँगै गाउँलेहरू उद्दारमा जुटेका थिए। उनीहरूले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन गाउँपालिका र जिल्ला प्रशासनसँग अपिल गरेका छन्।

गाउँपालिका अध्यक्षले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल अस्थायी आवास, खाद्यान्न तथा आवश्यक राहत सामग्री उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *