वीरगन्ज :

पर्साको ठोरीमा १० दिन विद्यालय बन्द

श्रेणी : मधेस

8 months
Pradeep Sah
3.0kViews
1763 Shares

बीरगन्ज,२४ पुस । ठोरी गाउँपालिकामा बढ्दो चिसो र शीतलहरका कारण सबै विद्यालयलाई १० दिनसम्म बिदा दिने निर्णय गरिएको छ। पुस २४ गतेदेखि माघ ४ गतेसम्म विद्यालयहरू बन्द रहनेछन्।

गाउँपालिकाका शिक्षा शाखाले दिएको जानकारीअनुसार, चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या पर्न सक्ने भएकाले जाडो बिदा दिने निर्णय गरिएको हो। ठोरी गाउँपालिकाका २१ सामुदायिक विद्यालयहरू माघ ६ गतेदेखि पुनः सञ्चालनमा आउनेछन्।

पुस २४ देखि माघ ४ गतेसम्म जाडो बिदा दिने निर्णय भएको छ। यसैगरी, माघ ५ गते शनिबार परेकाले विद्यालयहरू माघ ६ गतेबाट नियमित पठनपाठनका लागि खुला हुनेछन्।

ठोरी गाउँपालिकाको यो निर्णय विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर गरिएको हो। चिसो मौसममा शिक्षण संस्थाको यो कदम सराहनीय मानिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *