वीरगन्ज :

पर्साका सरकारी कार्यालयमा राष्ट्रिय सर्तकता केन्द्रको टोलीद्वारा छड्के अनुगमन

श्रेणी : BANNER

11 months
Pradeep Sah
2.0kViews
1847 Shares

वीरगञ्ज । पर्साका विभिन्न सरकारी कार्यालयहरुमा राष्ट्रिय सर्तकता केन्द्रको टोलीले छड्के अनुगमन गरेको छ ।

पर्साको १० वटा विभिन्न सरकारी कार्यालयसहित जिल्ला प्रशासन कार्यालयमा अनुगमन गरेको केन्द्रका सूचना अधिकारी हरि प्रसाद शर्माले जानकारी दिए । सरकारी कार्यालयको कामकारवाही, सेवा प्रवाह लगायतका बारेमा केन्द्रबाट नियमित कार्यक्रम अन्र्तगत कार्यालयहरुमा छड्के अनुगमन हुने गरेको शर्माले बताए ।

छड्के अनुगमनका क्रममा कर्मचारीको उपस्थिती, समय, सेवा प्रवाह लगायतका क्षेत्रमा कुनै कमिकम्जोरी देखिएमा तत्कालै कारवाहीका लागि सिफारिस गर्ने गरिएको पनि उनले बताए ।

पर्सा जिल्लामा शर्मासँगै केन्द्रबाट ४ जनाको टोली छड्के अनुगमनका लागि पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *