श्रेणी : BANNER
वीरगञ्ज । पर्सा जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै क्षेत्रमा अग्रता लिएको देखिएको छ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा रास्वपाले ७९६ मत प्राप्त गर्दै अग्रता बनाएको छ। नेपाली कांग्रेसले ४८३ मत पाएको छ भने नेकपा एमालेले ४०६ मत प्राप्त गरेको छ।
पर्सा–२ मा पनि रास्वपा अगाडि देखिएको छ। रास्वपाले ३,७०९ मत पाउँदा एमालेले १,७८७ मत र कांग्रेसले १५५४ मत प्राप्त गरेका छन्।
त्यस्तै पर्सा–३ मा हालसम्म २,२२४ मत गणना हुँदा रास्वपाले १,०५८ मत ल्याएर अग्रता कायम गरेको छ। कांग्रेसले ७७८ मत र एमालेले २४० मत प्राप्त गरेका छन्।
पर्सा–४ मा १,१४३ मत गणना हुँदा रास्वपाले ५७५ मत सहित अग्रता बनाएको छ। एमालेले २३३ मत र कांग्रेसले १७४ मत प्राप्त गरेका छन्।
हालसम्मको मतगणनाको परिणामअनुसार पर्साका चारै क्षेत्रमा रास्वपाले प्रारम्भिक अग्रता कायम गरेको देखिएको छ। मतगणना भने अझै जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया