श्रेणी : धर्म संस्कृति
ओमप्रकाश चाैधरी/
सेढवा । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा जारी चौथो माघी तथा भाथा महोत्सव बिहिबार सम्पन्न भएकाे छ । थारु संम्बत २६४९ नयाँ बर्ष तथा माघी खिचड़ीको अवसरमा नेरामाबि दापु सुगौलीको खेल मैदानमा आयोजित तीन दिने महोत्सव सम्पन्न भएकाे हाे ।
महोत्सवभरि भएका संस्कृतिक कार्यक्रममा गुदरबाबा नृत्य समूह दापु सुगौली प्रथम भएका छन । त्यस्तै बुटनी माई समूह उतर सुगौली द्वितिय र नेराआवि बैजनाथपुर तृतीय भएकाे मूल माघी समारोह समितिका अध्यक्ष मुकेश गौरोले बताए ।
उत्कृष्ट प्रस्तुति गरेका यी समूहहरुलाई क्रमश: रु १० हजार, रु ७ हजार र ४ हजार साथै ट्रफी प्रदान गरिएको अध्यक्ष गौरोले बताए । साथै तीन दिनसम्म चलेका यस महोत्सवमा ३६ जना आन्तरिक पर्यटकहरुले जीप सफारीबाट पर्यटकीय स्थल भाथा धामको भ्रमण गरेको र भोली चौध जना पाहुनाहरु भाथा जाने बुकिंग भएको अध्यक्ष गौरोले बताए ।
महोत्सवमा बिहिबार स्थानीय गायक तथा कलाकार सुनिल पडितले आफ्नो बेजोड प्रस्तुतिबाट दर्शकहरुलाई नचाएका थिए । गायक पंडितले ” माई रे माई रे….”, मोहना के गना के खेत मे….. लगायतका गीतमा दर्शकलाई झुमाएका थिए ।
त्यस्तै बुधबार महोत्सवमा “चल गे छौरी माघी के मेला मे, लाई केसार खियबउ पटेर्वासुगौली के मेला मे”, “बिजली जइशन गोर बारे, मछरीको झोर बारे” थारु गीतमा नेपाली निरहुवाले नचाएका थिए । सो दिन नेपाली निरहुवा र राष्ट्रिय थारू कलाकार रितु चौधरीको जोडीको अभिनय तथा नृत्यलाई दर्शकहरुले खुब मन पराए ।
महोत्सव सम्पन्न कार्यक्रम थारु यूवा सभा पर्साको अध्यक्ष शिवेन्द्र चौधरी अध्यक्षता एवम् दिप नारायण नमूना आदर्श माध्यमिक बिद्यालयका भूपू प्रधानाध्यापक रामचन्द्र ओझैयाको प्रमुख आतिथ्यमा भएकाे थियाे ।
कार्यक्रममा गाउँपालिका भरिका शिक्षा सेवा आयोग, लोक सेवा आयोग, सुरक्षा निकायका पदमा छनौट भाएका तथा अध्ययन गरी उच्च पद साहिल गर्न सफल भएका व्यक्तित्वलाई सम्मान गरिएकाे थियाे । कार्यक्रम शिक्षक बैजनाथ महतो थारु र संचारकर्मी एन्जल चौधरीले संचालन गरेका थिए ।
प्रतिक्रिया