वीरगञ्ज– नेपाल रेडक्रस सोसाइटी पर्साको नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। जिल्ला अधिवेशनपछि सम्पन्न निर्वाचनमा बृजकिशोर पटेल सभापतिमा निर्वाचित भएका छन्।
बुधबार बिहान ९ बजेबाट सुरु भएको मतदान जिल्ला शाखा पर्साको सभाहलमा सम्पन्न भएको थियो। मतदानपछि तत्कालै मतगणना गरिँदा सभापतिका लागि बृजकिशोर पटेल र बिरेन्द्रराज कँडेल नेतृत्वको दुई प्यानलबीच प्रतिस्पर्धा भएको थियो।
नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ताका अनुसार पर्सा शाखामा कुल १३४ जना मतदाता थिए। तीमध्ये १४ वटा उपशाखा ग्रामिण क्षेत्रबाट तथा ८ वटा उपशाखा वीरगञ्ज महानगरपालिकाबाट प्रतिनिधित्व गरेका थिए।
सभापतिसँगै अन्य पदाधिकारीहरू पनि चयन भएका छन्। महिला उपसभापतिमा मधु राणा, उपसभापतिमा भगवती प्रसाद चौधरी, मन्त्रीमा विनोद गिरि, कोषाध्यक्षमा दयाशंकर सिंह राजपुत, उपमन्त्रीमा साबिर अहमद एराज, उपकोषाध्यक्षमा पबित्रा गजुरेल निर्वाचित भएका छन्।
त्यसैगरी, सदस्यहरूमा शिवनाथ प्रसाद यादव, दिनानाथ रौनियार, मदन प्रसाद साह कानु, जितेन्द्र कुमार वर्मा, बाबुनन्द प्रसाद चौरसिया, राजेश्वर प्रसाद चौरसिया, अली असगर देवान तथा महिला सदस्यहरूमा कविता खड्का, मुना कुमारी खनाल, बबिता कुमारी कानु निर्वाचित भएका छन्।
नव-निर्वाचित नेतृत्वले अबको कार्यकालमा रेडक्रस गतिविधिलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया