वीरगन्ज :

निलम्बित सांसद सरोजकुमार सिंहसहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा सुनुवाइमा

श्रेणी : अपराध

3 hours
Pradeep Sah
1.8kViews
1365 Shares

काठमाडौँ,०९ चैत । मधेस प्रदेशका पूर्व राज्यमन्त्री तथा निलम्बित सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु हुने भएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश विदुर कोइरालाको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो।

आयोगका अनुसार उपभोक्ता समितिको खातामा जम्मा भएको रकम सिंहले आफ्ना स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत झिक्न लगाई आफ्नै र श्रीमतीको संयुक्त खातामा जम्मा गरी हिनामिना गरेको आरोप छ।

यस मुद्दामा अन्य प्रतिवादीहरूमा रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भुकुमार मण्डल, योगिन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवी रहेका छन्।

मुद्दाको सुनुवाइबाट घटनाको विस्तृत तथ्य र दोषी–निर्दोषीको टुंगो लाग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *