वीरगन्ज :

निजी क्षेत्रलाई पाठ्पुस्तक छाप्न दिने निर्णयको विरोधमा अनेरास्ववियुद्वारा शिक्षामन्त्रीको पुत्ला दहन

श्रेणी : समाचार

2 years
birgunj report
28Views
0 Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षामन्त्री शिशिर खनालको पुत्ला जलाएको छ ।

शुक्रबार रत्नराज्य क्याम्पसअगाडि अनेरास्ववियुका विद्यार्थीले शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् । उनीहरुले शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनताका लागि अभिसाप भएको आरोप लगाएका छन् ।

शिक्षामन्त्री खनालले १ देखि कक्षा ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेका थिए । पाठ्यपुस्तक निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर अनियमितता गर्न निर्णय गरेको र यो निर्णयले झनै विद्यार्थीहरुलाई महंगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने भन्दै अनेरास्ववियुले विरोध गरेको हो ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामग्रीमा भएको अनियमितता हटाउनुको साटो मन्त्रीले निजी क्षेत्रलाई पुस्तक छपाउन दिइ कमिसन खान लागेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *