वीरगन्ज :

निजगढ विमानस्थल निर्माणमा तीव्रता दिन संसदीय समितिको निर्देशन

श्रेणी : प्रदेश

4 weeks
Pradeep Sah
2.9kViews
1857 Shares

काठमाडौं, २५ पुस । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई तत्काल अघि बढाउन निर्देशन दिएको छ ।

बिहीबार बसेको बैठकमा नेपाल वायु सेवा निगमको व्यवस्थापन र सेवा सञ्चालनबारे छलफल गर्दै समितिले निजगढ विमानस्थललाई राष्ट्रिय महत्त्व, सुरक्षा, र आर्थिक विकासका लागि अपरिहार्य ठहर गर्दै निर्माण प्रक्रिया शीघ्र अघि बढाउन सरकार र पर्यटन मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिले नेपाल वायु सेवा निगमको व्यावसायिक योजना कार्यान्वयनलाई पनि प्राथमिकता दिनुपर्ने भन्दै उक्त योजनाको प्रगतिसहितको प्रतिवेदन समितिमा पेश गर्न आग्रह गरेको छ।

त्यसैगरी, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सम्बन्धित निकायहरूबीच आवश्यक सम्झौता, समन्वय, र पहलकदमी लिन समेत निर्देशन दिएको छ ।

पर्यटन मन्त्रालयलाई समग्र नीतिगत, संरचनागत, र व्यवस्थापकीय सुधारका लागि ठोस योजना अघि सार्न पनि समितिले आग्रह गरेको छ ।

पर्यटन मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयन योग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी समितिलाई जानकारी गराउन पनि भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *