वीरगन्ज :

नारायणगढ–बुटवल सडक: दाउन्ने खण्डमा वैशाख ३१ सम्म रातको सवारी रोक

श्रेणी : प्रदेश

6 hours
Pradeep Sah
2.3kViews
1575 Shares

नवलपरासी,१६ वैशाख । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा सडक विस्तार कार्यका लागि वैशाख ३१ गतेसम्म रातिको सवारी आवागमन बन्द गरिने भएको छ।

यसअघि वैशाख १५ सम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो। अब सो निर्णयलाई थप दुई हप्ता निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालय बर्दघाट सुस्तापूर्वका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिए।

उनका अनुसार निर्माण कार्य अझै बाँकी रहेकाले भित्तातर्फको कटिङ तथा अन्य संरचनागत काम वर्षाअगावै सम्पन्न गर्न रातको समयमा यातायात रोकेर कामलाई तीव्रता दिइएको हो।

पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार अहिले पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको छ।

नारायणगढ–बुटवल सडक ११४ किलोमिटर लामो छ, जसमा गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर क्षेत्रमा विस्तारको काम भइरहेको छ। तीमध्ये जोखिमपूर्ण मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक निर्माण भइरहेको छ।

रु १७ अर्ब लागतमा निर्माणको जिम्मा पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थप गरिसकेको छ। तेस्रोपटक थपिएको म्याद २०८२ साउन ८ गतेसम्म कायम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *