वीरगन्ज :

नर्सिङ दिवसमा नारायणी अस्पतालमा फलफुल वितरण

श्रेणी : मधेस

6 months
Pradeep Sah
2.9kViews
1918 Shares

बीरगन्ज, २९ बैशाख । २०५औं अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल नर्सिङ संघ पर्साले नारायणी अस्पतालमा फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ। बिरामीहरूप्रति स्नेह र सेवा भाव प्रकट गर्दै संघले अस्पतालका विभिन्न वार्डमा रहेका बिरामीलाई फलफुल प्रदान गरेको हो।

सोमबार सम्पन्न कार्यक्रममा दीप प्रज्वलनसहित सुरु गरिएको कार्यक्रममा प्रसूति वार्ड, सर्जिकल वार्ड र पीआईसीयू वार्डमा रहेका ६० भन्दा बढी बिरामीहरूलाई फलफुल वितरण गरिएको संघकी अध्यक्ष डा. कल्पना पौडेलले जानकारी दिइन्।

कार्यक्रम डा. पौडेलको अध्यक्षतामा तथा नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा वीरगन्ज–४ का वडाध्यक्ष जगदीश प्रसाद साह, अस्पतालका नर्सहरू हेमा थापा, श्रुति साह, रामनरेश कुशवाहा, पशुपति जयसवाल, कमला ढकाल, शर्मिला महर्जन, शुभद्रा चौधरी, रुबी साह लगायतको सक्रिय सहभागिता रहेको थियो।

संघले नर्सिङ दिवसलाई सेवा र समर्पणको प्रतीकको रूपमा लिने र आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *