वीरगन्ज :

नक्कली शरणार्थी प्रकरणका दोषीलाई जोगाए त्यसलाई इतिहासले माफी दिनै छैनः भीम रावल

श्रेणी : BANNER

2 years
birgunj report
17Views
0 Shares

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउने प्रपञ्च गरिए त्यसलाई इतिहासले माफी नदिने बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत रावलले यो प्रकरणमा संलग्न भएकाहरुलाई जोगाउने प्रपञ्च भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘नक्कली भुटानी शरणार्थी बनाउने जघन्य अपराधमा संलग्नहरुलाई जोगाउन उच्च राजनीतिक तहबाट षड्यन्त्र भइरहेको समाचार आएका छन् । यदि उच्च राजनीतिक वा प्रशासनिक तहको कुनै व्यक्तिले त्यसो गरेमा देश र जनताप्रतिको गद्दारी, शहीदहरुको रगतको अपमान, संविधान, कानून र शासन प्रणालीको खिल्ली उडाउने अपराधिक कुकर्म ठहरिनेछ । इतिहासले माफी दिने छैन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *