वीरगन्ज :

धनुषामा बसको ठक्करले साइकल यात्रीको मृत्यु

श्रेणी : अपराध

9 months
Pradeep Sah
2.0kViews
1327 Shares

जनकपुर, १० चैत । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा यात्रुवाहक बसले साइकल यात्रीलाई ठक्कर दिँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। मृतक ७० वर्षीय रबिन्द्र मण्डल लक्ष्मीनियाँ गाउँपालिका वडा नं. १, सिनुरजोडाका निवासी थिए।

प्रहरीका अनुसार, उक्त दुर्घटना जनकपुर ढल्केवर राजमार्गको लक्ष्मीनियाँ ६ लेनमा साँझ करिब ७:१५ बजे भएको हो। जनकपुरबाट काठमाडौँ जाने क्रममा यात्रु लिएर गइरहेको बागमति प्रदेश ०३–००१ ख ३४४१ नम्बरको बसले बाटो काट्दै गरेका साइकल यात्रीलाई ठक्कर दिएको थियो।

प्रहरी प्रवक्ता बरुण बहादुर सिँहका अनुसार, बसको ठक्करबाट रबिन्द्र मण्डलको घटनास्थलमै मृत्यु भएको हो।

बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ र थप अनुसन्धान जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *