वीरगन्ज :

देशलाई प्रतिगमनतिर फर्काउन चाहनेहरुका लागि समाजवादी मोर्चा चुनौती होः प्रधानमन्त्री

श्रेणी : राजनीति

2 years
birgunj report
26Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा आवेग गठन नगरिएको बताएका छन् । सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विगतका कमजोरीबाट पाठ सिक्दै प्रतिगमनका विरुद्ध नयाँ आन्दोलन सुरु गर्ने प्रतिवद्धताका साथ गठन गरिएको बताएका हुन् ।

उनले मोर्चा कसैका विरुद्ध परिलक्षित नरहेको पनि बताए । उनले भने, ‘सबैलाई समेटेर नयाँ शिराबाट आफ्नै कमजोरीको समीक्षा गर्दै समाजवादको नयाँ युगतिर नेपाललाई लिएर जाने संकल्पका साथ यो गठन भएको हो । मोर्चा कसैका विरुद्ध परिलक्षित छैन।’

उनले प्रतिगामीहरुविरुद्ध भने यो युद्धको घोषणा भएको बताए । उनले भने, ‘जनताको अधिकार खोसेर देशलाई प्रतिगमनतिर फर्काउन चाहनेहरुका लागि चुनौती हो । यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा हो ।’

उनले नेकपा गठनको परिस्थितिलाई स्मरण गर्दै एमालेसँगको पार्टी एकता गरेर अलि हतार गरिएको हो कि भन्ने महसुस गरिएको बताए। उनले भने, ‘नेकपा बचाउन सकिएन। अहिले म कसैलाई दोष दिन चाहँदिन तर एकपटक ऐतिहासिक रुपले समीक्षा गर्नु जरुरी छ। पार्टी एकता गर्ने हतारो पो भएछ कि ? मोर्चा बनाउनुपर्थ्यो कि ?’

उनले मोर्चालाई एउटा अभियानका रूपमा लैजाने भन्दै सबैलाई यसमा गोलबन्द हुन आव्हान पनि गरे । यसरी नै मोर्चा भएको भए आआफ्नो दलको स्वतन्त्रता कायम राख्दै पार्टीगत स्वतन्त्रता उपभोग भएको भए नेकपा विभाजित भएर विघटनको बाटोमा नजाने उनको भनाइ थियो । उनले हिजोको एकता जोगाउन नसक्नुको जिम्मेवारी आफूले पनि लिनुपर्ने भन्दै आफूले हिजोका गल्तीबाट सिकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *