
श्रेणी : प्रदेश
त्रिवेणी,२७ चैत । नारायणगढ–बुटवल सडक विस्तारको काम तीव्र बनाउने उद्देश्यले दाउन्ने सडकखण्डमा आज (बुधबार)देखि दैनिक चार घण्टा सवारी आवागमन बन्द गरिएको छ।
नारायणगढ–बुटवल सडक आयोजना कार्यालयका सूचना अधिकारी शिव खनालका अनुसार चैत ३१ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक अवरुद्ध रहनेछ। सो अवधिमा सडकमा सवारी साधन चलाउन अनुमति दिइने छैन।
सडक विस्तारको काम अझ प्रभावकारी बनाउन वैशाख १ गतेदेखि भने रातिको समयमा बन्द गरिने बताइएको छ। त्यसअनुसार वैशाखदेखि हरेक रात ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकिनेछ।
सडक निर्माणको काम सुरक्षित र समयमै सम्पन्न गर्न यस्तो निर्णय गरिएको आयोजना कार्यालयले जनाएको छ। यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्न वा समयमा योजना बनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया