२०८२ श्रावन ४, शनिबार

वीरगन्ज :
०९:५४:४३

त्रिभुवन विमानस्थलको पार्किङ शुल्क यथावत्, नयाँ ठेक्का आह्वान

श्रेणी : अन्तर्राष्ट्रिय

5 months
Pradeep Sah
2.6kViews
1519 Shares

काठमाडौं,,१२ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ शुल्क परिवर्तन नगरी नयाँ ठेक्का आह्वान गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई पांग्रे सवारी साधनका लागि प्रतिघण्टा ४० रुपैयाँ तिर्नुपर्ने व्यवस्था कायम राख्दै ठेक्का खुला गरेको हो।

विमानस्थल पार्किङको ठेक्का गत भदौमा सकिएको थियो। नयाँ ठेक्का नलागेसम्म प्राधिकरणले पुरानै ठेकेदार सिद्धगढी मारुती जेभी प्रालिलाई निरन्तरता दिँदै आएको थियो। अब भने प्राधिकरणले प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरी बढी रकम कबोल गर्ने कम्पनीलाई जिम्मा दिने तयारी गरेको छ।

नयाँ ठेक्का त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल अगाडि र अपरेसन एयरलाइन्स भवन अगाडिको ७,७५५ वर्गमिटर क्षेत्रमा लागू हुनेछ। प्राधिकरणले आइतबार ठेक्का खुला गरेको हो, जसका लागि इच्छुक कम्पनीहरूले ३० दिनभित्र आवेदन दिन सक्नेछन्।

न्यूनतम ठेक्का रकम १२ करोड ९८ लाख रुपैयाँ तोकिएको छ। उक्त रकमभन्दा बढी कबोल गर्ने कम्पनीलाई ठेक्का दिने तयारी गरिएको प्राधिकरणले जनाएको छ।

विमानस्थल पार्किङ शुल्क नयाँ ठेक्का लगाइएपछि हाल कायम रहेको पार्किङ शुल्क यथावत् रहनेछ। दुई पांग्रे सवारी (मोटरसाइकल/स्कुटर),प्रति घण्टा: ४० रुपैयाँ,प्रति दिन: २४० रुपैयाँ,कार, जीप, भ्यान,प्रति घण्टा: ८० रुपैयाँ,प्रति दिन: ४८० रुपैयाँ,हल्का सवारी साधन,प्रति घण्टा: १०० रुपैयाँ,प्रति दिन: ६८० रुपैयाँ,बस/ट्रक,प्रति घण्टा: १५० रुपैयाँ
प्रति दिन: ९०० रुपैयाँ,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले नयाँ ठेकेदार छनोटका लागि बोलपत्र आह्वान गरिएको जानकारी दिए।

साथै, प्राधिकरणको आम्दानी बढाउन विमानस्थल सेवा शुल्क नियमावली २०७८ संशोधन गरी शुल्क वृद्धिको निर्णय गरिएको उनले बताए।

हालको शुल्क दर २०७९ मंसिरदेखि कार्यान्वयनमा आएको हो। विमानस्थलमा पार्किङ शुल्कको नयाँ ठेक्काबाट यात्रुहरूलाई थप सुविधा दिन सकिने प्राधिकरणको दाबी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *