वीरगन्ज :

तेरापंथ युवा परिषद्ले ११ दिनसम्म २१ ठाउँमा रक्तदान कार्यक्रम गर्ने

श्रेणी : मधेस

1 year
Pradeep Sah
1.6kViews
1352 Shares

वीरगंज (पर्सा), २३ भदौ । तेरापंथ युवा परिषद वीरगञ्जले वृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । परिषदले आज जैन भवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा वृहत रक्तदान कार्यक्रम गर्न लागिएको जानकारी गराएको हो ।

आगामी भाद्र २५ गतेदेखि असोज ४ गतेसम्म ११ दिन विभिन्न उद्योग तथा अस्पताल गरी २१ ठाउँमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको परिषदका अध्यक्ष लोकेश जैनले बताए । उनले यसअघी २०७९ सालमा १ दिने रक्तदान कार्यक्रममा ४ सय २३ युनिट रगत संकलन गरेर जिल्ला स्तरिय कृतिमान कायम गरेको जानकारी दिए ।

यस मानवीय कार्यमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थालगायत सबैलाई सहभागी हुन परिषदले आग्रह गरेको छ ।
यस्तै, तेरापंथ युवा परिषदको केन्द्रीय कार्यालयको ६० औँ वार्षिकोत्सवको अवसरमा आगामी असोज १ गते नेपाल मेडिसिटी बयोदा अस्पतालको सहयोगमा जैन भवनमा निः शूल्क मेगा मेडिकल क्याम्प आयोजना हुने भएको परिषद वीरगञ्जका सचिव सुमित सेठियाले बताए ।

उनले आगामी दिनमा केडिया आँखा अस्पतालको सहकार्यमा नेत्रदान गर्ने कार्य गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *