वीरगन्ज :

तीन दिन लाइसेन्स छपाइ बन्द

श्रेणी : प्रदेश

3 months
Pradeep Sah
2.2kViews
1870 Shares

काठमाडौं,२१ जेठ । यातायात व्यवस्था विभागले आगामी जेठ २७ गतेदेखि २९ गतेसम्म सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य बन्द हुने जानकारी दिएको छ।

विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले तीन दिनसम्म लाइसेन्स छपाइ स्थगित गरिने जनाएको हो।

सूचनामा भनिएको छ, “विभागको स्मार्ट कार्ड प्रिन्टर मर्मतका लागि लाइसेन्स छपाइ कार्य अस्थायी रूपमा बन्द रहने भएकाले उक्त अवधिमा अत्यावश्यक सवारी चालक अनुमतिपत्र आवश्यक पर्ने सेवाग्राहीहरूले २०८२ साल जेठ २५ गतेअघि नै निवेदन दर्ता गरी स्वीकृति भइसकेको यकिन गर्नुहुन अनुरोध छ।”

यस अवधिमा लाइसेन्सको अन्य प्रक्रिया (जाँच, आवेदन फाराम आदि) यथावत रहने भए पनि छपाइ भने सम्भव नहुने विभागले स्पष्ट पारेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *