वीरगन्ज :

तीनकुने घटनामा घाइते ५४ प्रहरी डिस्चार्ज

श्रेणी : प्रदेश

4 months
Pradeep Sah
2.1kViews
1814 Shares

काठमाडौं, २० चैत्र । राजधानीमा गत शुक्रबार राजावादी प्रदर्शनका क्रममा घाइते भएका ५४ जना प्रहरी कर्मचारी सबै अस्पतालबाट डिस्चार्ज भएका छन्। सामान्य उपचारपछि उनीहरू घर फर्किएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराले जानकारी दिए।

यसैबीच, प्रदर्शनका क्रममा घाइते भएका ५४ जना आन्दोलनकारीमध्ये ४१ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। तर, गोली र छर्राको चोट लागेका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सिभिल अस्पतालमा उपचाररत घाइते रेबिका क्षेत्रीको स्वास्थ्य अवस्था अझै गम्भीर रहेको छ। यद्यपि, उनी हल्का बोल्न सक्ने अवस्थामा पुगेको चिकित्सकहरूले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *