वीरगन्ज :

तरुण दल पर्साकाे कार्यक्रममा १२२ जनाद्वारा रक्तदान

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.6kViews
1761 Shares

वीरगंज । नेपाल तरुण दल पर्साकाे आयाेजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजस्थित माईस्थान मन्दिर प्राङ्गणमा भएकाे कार्यक्रममा एक महिला सहित १२२ जनाले रक्तदान गरेकाे आयाेजक संस्थाका अभय कर्णले जानकारी दिए ।

तरुण दल पर्साका अध्यक्ष विकास तिवारीको अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रमकाे उद्घाटन नेपाली कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले गरेका थिए ।

साे कार्यक्रममा नाजिर अन्सारी, शेष कुमार हजारा, विवेक गुप्ता, यम बहादुर क्षेत्री, समिर मन्सुरी, धिरज चाैधरी, सुनिल दास थारु, विशाल साह, पवन पटेल, राेशन कुमार गुप्ता, अकाश कुमार साह, सत्रुधन कुमार यादव, राम कुमार मण्डल, मनाेहर कुमार साह, मुकेश कुमार पटेल, सुरज कर्ण, अमित कुमार साह, समिर अन्सारी लगायतले रक्तदान गरेका हुन् ।

रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे रक्तदान कार्यक्रममा नेपाली कांग्रेस पर्साका जिल्ला सचिव एवम् वीरगंज महानगरपालिकाका उप मेयर इम्तियाज आलम, नेपाल महिला संघकी जिल्ला अध्यक्ष किरन शर्मा, कार्यक्रम संयोजक मोहसिन राजा, तरुण दल पर्साका सचिव समीर मन्सुरी, दिलिप राज कार्की, राजन श्रीवास्तव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *