वीरगन्ज :

तराई–मधेश जागरण अभियान अन्तर्गत प्रचण्ड नेतृत्वको टोली धनुषामा

श्रेणी : मधेस

1 month
Pradeep Sah
2.4kViews
1371 Shares

धनुषा, १८ फागुन । “जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान” अन्तर्गत माओवादी केन्द्रको टोली धनुषा पुगेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरू हिजो सिरहाको कार्यक्रम सकेर धनुषा आएका हुन्।

प्रचण्डसहितका नेताहरू आज धनुषामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने तय भएको छ। बिहानै प्रचण्ड माछीदेखि मगराहासम्म मर्निङ वाकमा सहभागी भए र सो क्रममा स्थानीयसँग छलफलसमेत गरे।

फागुन १२ गते झापाबाट सुरु भएको यो अभियान जनसभा, चोकसभा, अन्तर्क्रिया र जनभेटघाटजस्ता विभिन्न कार्यक्रममार्फत अघि बढिरहेको छ। प्रदेश र जिल्ला तहका माओवादी कमिटीहरूले कार्यक्रम तय गर्दै आएका छन्। माओवादीका अनुसार हरेक दिन बिहान, दिउँसो र बेलुका गरी बढीमा तीन स्थानमा साना कार्यक्रमहरू आयोजना गर्ने योजना छ।

यस अभियानले तराई–मधेशका जनतासँग माओवादीको सम्बन्धलाई थप मजबुत बनाउने दाबी गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *