श्रेणी : मधेस
2.6kViews
1165
Shares
वीरगंज । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत भोलि बुधबार वीरगंज आउने भएका छन् । जनमत पार्टी पर्साकाे आयोजना हुने बृहत पार्टी प्रवेश कार्यक्रममा सहभागि हुन डा. राउन वीरगंज आउन लागेका हुन् ।
वीरगंजकाे ब्रम्हचौक स्थित रहेकाे ओम होटल एन्ड पार्टी प्यालेसमा हुने पार्टी प्रबेश कार्यक्रमकाे प्रमुख अतिथी डाक्टर साव रहनु भएकाे जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले वताए । बिहान ११ बजेदेखि हुने पार्टी प्रवेश कार्यक्रमको तयारी अन्तिम चरणमा उनले जानकारी दिए ।
पर्साका १४ वटै पालिकाबाट दर्जनौं प्रभावशाली नेता सहित हजारौंलाई पार्टी प्रवेश गराउने तयारी भएको अध्यक्ष सरार्फले दावी गरेका छन् । नेपाली कांग्रेसकी नेतृत्व रम्भा मिश्रा सहितका विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रबेश गर्न लागेकाे बुझिएकाे छ ।
कुशल र सक्षम नेतृत्व एवं आम जनताको आशा र भरोसाको पार्टी जनमत रहेकोले नेपाल भरि जनमत पार्टीमा प्रवेश गर्ने लहर चलेको पार्टी प्रवेश समन्वय समितिका राष्ट्रिय संयोजक माधव सिहले बताए । कालिका टाईम्स
प्रतिक्रिया