वीरगन्ज :

डा.केसीले २०औं पटक अनसन बस्नपर्नु लज्जाको विषय हो– डा.बाबुराम भट्टराई

श्रेणी : राजनीति

2 years
birgunj report
4Views
0 Shares


काठमाडौं, भदौ २८ गते
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माग राख्दै २०औं पटक अनसन बस्नु सबैको लागि लज्जाको विषय भएको बताएका छन् ।

डा।केसीले २०औं अनसन सुरु गरेको भोलिपल्ट मंगलबार सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले उक्त कुरा बताएका हुन् । ‘सार्वजनिक स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको विषयलाई लिएर डा। केसीले २०औं पटक अनसनमा बस्नपर्नु राज्य र हामी सबैलाई लज्जाको विषय हो,’ डा। भट्टराईले ट्वीटरमा लेखेका छन् ।

आफ्ना माग र आफूसँग गरिएका सहमति कार्यान्वयनको माग राख्दै डा। केसीले सोमबार धनगढीमा गई २०औं अनसन सुरु गरेका हुन् । ‘त्यहाँ विकृति विसंगति छ भन्ने हामी सबैले स्वीकार्ने तर नसुधार्ने किन ? कैलालीको गेटा मेडिकल कलेजमा सबै पूर्वाधार बनिसक्दा संचालन नगर्ने किन ? वेलैमा सोचौं,’ डा. भट्टराईले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *