वीरगन्ज :

ठाकुर राम क्याम्पसमा आज १० बजेबाट मतगणना सुरु

श्रेणी : मधेस

4 weeks
Pradeep Sah
2.4kViews
1565 Shares

 बीरगन्ज,०६ चैत ।  बीरगन्जको ठाकुर राम बहुमुखि क्याम्पसमा स्ववियु निर्वाचनको मतगणना आज विहान १० बजेबाट सुरु हुने भएको छ। मंगलबार राति १० बजेबाट मतगणना शुरु हुने भनिएको थियो, तर निर्वाचन अधिकृत दिलिप कुमार सिंहले आज बुधबार १० बजेबाट मतगणना गर्ने जानकारी दिएका छन्।

सिंहका अनुसार, मंगलबार राति तोकिएको समयमा मतगणनाका लागि संघीय संगठन र समूहका प्रतिनिधिहरू उपस्थित नभएकाले काम सुरु गर्न सकिएको थिएन। त्यसैले, आज विहान १० बजेबाट गणना प्रक्रिया शुरु गर्न निर्देशन दिइएको हो।

गत राति स्थगित भएको मतगणना प्रक्रियाका कारण क्याम्पसमा उपस्थित विद्यार्थी नेताहरूले प्रदर्शन गरेका थिए। विद्यार्थी र प्रहरीबीच केही वादविवाद भएको दृश्य सामाजिक सञ्जालमा देखिएको छ।

यस निर्वाचनमा ठाकुर राम बहुमुखि क्याम्पसमा कुल १०,७२९ मतदातामध्ये ४० प्रतिशत, अर्थात् ४,२९९ मत खसेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *