वीरगंज, ४ चैत – ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा जय नेपाल विद्यार्थी संघ प्यानलबाट सभापतिका उम्मेदवार राजु गुप्ता बलियो प्रतिस्पर्धीको रूपमा देखिएका छन्। नेविसंघको तर्फबाट अन्य उम्मेदवारहरू रहेका भए पनि आफू नेविसंघको आधिकारिक उम्मेदवार भएको दाबी गर्दै गुप्ताले पार्टीका उच्च तहका नेताहरू तथा कलेजका विद्यार्थीहरूको साथ र सहयोग रहेको हुँदा आफ्नो प्यानल विजयी हुनेमा आफू ढुक्क रहेको बताएका छन्।
नेपाली कांग्रेसका नेता राजेन्द्र बहादुर अमात्य समूहबाट उनी उम्मेदवार बनेको नेविसंघका पूर्व एकाई सभापति रहेका एक विद्यार्थी नेताले नेपाल पोस्ट डेली लाई जानकारी दिए।
गुप्ताले आकर्षक नारासहित अघि सारेका प्रतिबद्धता पूरा गर्ने दाबी गरेका छन्। कलेज सुधारका लागि अघि सारेका योजनाहरू कार्यान्वयन गर्न तथा ठाकुरराम क्याम्पसलाई अब्बल कलेजका रूपमा पुनः स्थापित गर्न जय नेपाल विद्यार्थी संघको विजय आवश्यक रहेको उनले बताएका छन्।
ठाकुरराम बहुमुखी क्याम्पस सुधारका प्रमुख प्रतिबद्धता गुप्ताले निम्न प्रतिब्धता सार्वजनिक गरेका छन्र : –
१. शैक्षिक सुधार
विद्यार्थीका शैक्षिक हकहितको निरन्तर रक्षा।
शिक्षकको प्रतिष्ठा एवं मर्यादा जोगाइराख्ने पहल।
कर्मचारीहरूसँग सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने।
समयमै निःशुल्क तथा जेहेन्दार छात्रवृत्ति उपलब्ध गराउने।
विज्ञान संकायको ‘चन्द्र बहादुर श्रेष्ठ छात्रवृत्ति’ समयमै उपलब्ध गराउने।
BBA मा Semester-wise 1st & 2nd टपरलाई 50% र 25% छात्रवृत्ति पुनः लागू गर्ने।
पठन-पाठन व्यवस्थित गर्दै समयमै पाठ्यक्रम सम्पन्न गर्ने तथा मर्यादित परीक्षा सञ्चालन गर्ने।
स्थानीय तथा राष्ट्रिय मुद्दामा Debate, Seminar, Case Study, Project Work तथा Paper Presentation गराउने।
२. पूर्वाधार तथा प्रविधि विकास
पुस्तकालयमा विद्यार्थी संख्या र पाठ्यक्रम अनुसार अद्यावधिक पुस्तक उपलब्ध गराउने।
E-Library तथा Computer Lab व्यवस्थित बनाउने।
प्रत्येक कक्षामा Projector, CC Camera तथा Smart Board जडान गर्ने।
विज्ञान तथा शिक्षाशास्त्र संकायको प्रयोगशालालाई आधुनिकीकरण गर्ने।
छुट्टै ठूलो परीक्षा भवन निर्माण गर्ने।
मधेस प्रदेश सरकारको सहयोगमा अपूरो Auditorium Hall निर्माण सम्पन्न गर्ने।
TRMC New Building निर्माण कार्य अघि बढाउने।
मधेस प्रदेश सरकारको सहयोगमा अपूरो दलित छात्रावास सम्पन्न गर्ने।
दुबै भवनमा शुद्ध खानेपानी, पंखा, टेबुल-डेस्क तथा रंगरोगनको स्तरोन्नति गर्ने।
मुलभवनको क्यान्टिन व्यवस्थित बनाउने र नयाँ क्यान्टिन निर्माण गर्ने।
दुबै भवनमा पार्किङ व्यवस्था सुधार गर्ने।
३. विद्यार्थी कल्याण तथा सुविधा विस्तार
Girl’s तथा Boy’s Hostel को मर्मतसम्भार तथा पुनर्निर्माण गर्ने।
सम्पूर्ण संकायमा पोशाक (युनिफर्म) लागू गर्ने।
कर्मचारी तथा प्राध्यापक निवास मर्मतसम्भार गर्ने।
वी.पी. Book Bank सञ्चालन गर्ने।
योग्य विद्यार्थीहरूका लागि Job Placement को पहल गर्ने।
BBA मा अतिरिक्त 3rd Section थप्ने।
४. स्वास्थ्य तथा खेलकुद प्रवर्द्धन
सुवर्ण हेल्थ क्लिनिकमा डाक्टर राख्ने र एम्बुलेन्स सेवा सञ्चालन गर्ने।
विद्यार्थीहरूको सीप तथा व्यक्तित्व विकासका लागि तालिम तथा खेलकुद कार्यक्रम सञ्चालन गर्ने।
Thakur Ram Premier League (TPL) क्रिकेट प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने।
क्याम्पस परिसर हरियाली बनाउन वृक्षारोपण गर्ने।
५. नयाँ शैक्षिक कार्यक्रम विस्तार
BALLB, B.Sc(CSIT), BBA (Finance), BSW जस्ता नयाँ कार्यक्रम सञ्चालन गर्ने
उनीहरूले आकर्षक प्रतिबद्धता गरेका छन् र तिनलाई पूरा गर्नेमा आशावादी भएकाले विद्यार्थीहरू जय नेपाल विद्यार्थी संघ को पक्षमा रहेको बताइएको छ। विद्यार्थीहरू विभिन्न विचारधारामा आबद्ध रहे तापनि विद्यार्थीहरूको पक्षमा काम गर्ने नेतालाई स्ववियु नेतृत्व सुम्पिनु उचित हुने गुप्ता पक्षका नेताहरूको भनाइ छ।
प्रतिक्रिया