श्रेणी : समाचार
7Views
0
Shares
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका पूर्वउपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
प्रहरीले रायमाझीलाई आइतबार साँझ काठमाडौंबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनी काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका बताइएको छ । प्रहरीले वैशाख २० मा पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार थिए । उनका छोरा सन्दीपलाई भने प्रहरीले सोही साँझ बुटवलबाट पक्राउ गरेको थियो ।
प्रतिक्रिया