श्रेणी : समाचार
काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेता संसदीय समिति गठन तथा सत्य निरुपण तथा मेलमिला विधेयकलाई अगाडि बढाउने विषयमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरवारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा छलफलमा जुटेका हुन् ।
त्यस्तै कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा छन् । एमालेले संवैधानिक परिषदबाट प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नुअघि संसदीय सुनुवाइ विशेष समिति गठन गठन गर्नुपर्ने बताउँदै आएको छ ।
उनीहरुबीच संसदीय समिति गठन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सबन्धि विधेयकका बारेमा छलफल भइरहेको बताइएको छ । यसअघि पनि संसदीय समिति गठन र विधेयक अघि बढाउने विषयमा प्रमुख दलबीच छलफल भएको थियो । तर छलफलमा कुनै सहमति भने भएको थिएन ।
प्रतिक्रिया