वीरगन्ज :

जेलमा अत्मसमर्पण गरेका ट्रम्प दुई लाख धरौटी बुझाएर रिहा

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
164Views
0 Shares

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् । सन् २०२२ को चुनावमा हार्ने निश्चित भएपछि नतिजा उल्टाउने कोसिस गरेको आरोप लागेपछि ट्रम्पले आत्मसर्पण गरेका हुन् । ट्रम्प जोर्जिया राज्यस्थित फुल्टन काउन्टी जेलमा पुग्दा वरपर अत्यन्तै कडा सुरक्षा बन्दोबस्त गरिएको थियो ।

त्यहाँ उनका औँठाछाप लिइएको र मगशट भनिने प्रहरी रेकर्डमा राखिने फोटो खिँचिएको थियो । लगत्तै उक्त फोटो सार्वजनिक गरियो । छोटो प्रक्रियापश्चात् २ लाख डलरको जमानतमा उनी रिहा भए । उनी त्यसपछि जोर्जियाबाट फर्किँदै छन् ।

अघिल्लो राष्ट्रपतीय चुनावमा धोखाधडी भएको आरोप लगाउँदै उनले गरेका काम र दिएका अभिव्यक्तिहरूलाई लिएर उनीमाथि झुटो बोलेको तथा मिलीभगत अपराध गरेका १३ अभियोग लागेका छन् ।

उनले ती सबै अभियोग राजनीतिक पूर्वाग्रह प्रेरित भन्दै अस्वीकार गर्दै आएका छन् । फुल्टन काउन्टी जेलमा उनलाई सन् २०२० मा जोर्जिया राज्यमा भएको उनको चुनावी पराजय उल्ट्याउन खोजेको अभियोगमा ट्रम्पको नाम आधिकारिक रूपमा दर्ज गरिएको छ ।

जेलमा छोटो प्रक्रियामा सामेल भएपछि रिहा गरिने बित्तिकै ट्रम्प जोर्जिया राज्यबाट फर्कन विमानस्थल पुगेका थिए । त्यहाँ उनले टिप्पणी गर्दै आफू निर्दोष भएको र सन् २०२० मा वास्तवमै निर्वाचनमा हस्तक्षेप भएको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *