श्रेणी : प्रदेश
महोत्तरी,२७ कातिक । जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई सरकारले औपचारिक रूपमा परिचयपत्र वितरण प्रक्रिया सुरु गरेको छ। गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबारदेखि यो प्रक्रिया अगाडि बढाएको हो।
प्रशासनले एक औपचारिक सूचना जारी गर्दै जिल्लाभित्र स्थायी ठेगाना भएका सबै घाइतेहरूलाई सक्कल नागरिकता प्रमाणपत्रसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरमा जारी सूचनामा भनिएको छ, “गृह मन्त्रालयको राहत तथा तथ्याङ्क व्यवस्थापन शाखाबाट प्राप्त निर्देशन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणका आधारमा जेनजी आन्दोलनका घाइतेहरूलाई परिचयपत्र वितरण गर्नुपर्ने भएकाले सम्बन्धित व्यक्तिहरूले कार्यालयमा उपस्थित भई आफ्नो परिचयपत्र लिनु पर्नेछ।”
यसअघि सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको तथ्याङ्क संकलन गरी चिकित्सा उपचार, राहत र पुनर्स्थापनाका लागि परिचयपत्र वितरण गर्ने नीति बनाएको थियो।
महोत्तरी प्रशासनले घाइते व्यक्तिहरूले समयमै सम्पर्क गरी आफ्नो विवरण दर्ता गराए आगामी राहत र सहयोग कार्यक्रमहरूमा सहज पहुँच प्राप्त गर्न सक्ने जनाएको छ।

प्रतिक्रिया