वीरगन्ज :

जीतपुरसिमरा उपमहानगरपालिकाको ११ औं हिउँदे अधिवेशन सम्पन्न

श्रेणी : अर्थ

3 weeks
Pradeep Sah
2.6kViews
1588 Shares

बारा,१० चैत । जीतपुरसिमरा उपमहानगरपालिकाको ११ औं हिउँदे अधिवेशन शनिबार सम्पन्न भएको छ। सिमरास्थित नेरा नमुना माध्यमिक विद्यालयमा आयोजित नगरसभामा चालू आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको समीक्षा गर्दै संशोधित बजेट प्रस्तुत गरिएको छ।

चालू आर्थिक वर्षका लागि २ अर्ब १० करोड ५० लाख रुपैयाँको बजेट विनियोजन गरिए पनि फागुन मसान्तसम्म कुल आम्दानी ९१ करोड ८३ लाख ४७ हजार रुपैयाँ मात्र भएको उपमहानगरपालिकाले जानकारी गराएको छ।

संशोधित बजेट अनुसार वडास्तरको कुल बजेट १२ करोड १४ लाख ६ हजारबाट बढाएर २७ करोड रुपैयाँ पुर्‍याइएको छ। उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीका अनुसार प्रत्येक वडामा न्यूनतम ५६ लाख २५ हजार रुपैयाँको बजेट सिलिङ्ग तोकिएको छ।

बजेट विनियोजनको आधार निम्नअनुसार निर्धारण गरिएको छः जनसंख्या – ३०% भौगोलिक क्षेत्रफल – २०% भौतिक पूर्वाधार विकास – २०% राजस्व संकलन क्षमता – ३०% नगरपालिकाले चालू खर्चलाई सीमित गर्दै पूँजीगत खर्चमा वृद्धि गर्ने नीति अवलम्बन गरेको नगरप्रमुख राजन पौडेलले बताए।

फागुन मसान्तसम्म विभिन्न स्रोतबाट ९१ करोड ८३ लाख ४७ हजार रुपैयाँको आम्दानी भएको छ। आम्दानीका मुख्य स्रोतहरू निम्नानुसार रहेका छन्: आन्तरिक आय – १० करोड ३७ हजार समानीकरण अनुदान – १९ करोड २३ लाख ७५ हजार राजस्व बाँडफाँट – १४ करोड ४७ लाख ९३ हजार सशर्त अनुदान – ४० करोड ४४ लाख ७९ हजार संघीय समपूरक अनुदान – ७ करोड ३० लाख हालसम्मको खर्च प्रगति ४३.६२% मात्र रहेको छ, जसअनुसार: चालू खर्च – ४९ करोड ४४ लाख ५२ हजार पूँजीगत खर्च – २६ करोड ५२ लाख ६७ हजार नगर प्रमुख पौडेलले बजेट, योजना तथा कार्यक्रमहरू समग्र नगरको विकासमा उल्लेखनीय योगदान दिने विश्वास व्यक्त गर्दै नगरसभा सदस्यहरूलाई बजेट समयमै कार्यान्वयन गर्न आह्वान गरे।

उपप्रमुख अधिकारीले बजेटलाई जनमुखी, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिइएको बताए। नगरसभामा प्रस्तुत संशोधित बजेट, योजना तथा कार्यक्रमहरूले जीतपुरसिमरा उपमहानगरपालिकाको समग्र विकासलाई गति दिने विश्वास गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *