वीरगन्ज :

जसपाको संसदीय दलको नेतामा यादव निर्विरोध निर्वाचित

श्रेणी : राजनीति

3 years
birgunj report
24Views
0 Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।

संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएको थियो । संसदीय दलको नेतामा अशोक राई र राजकिशोर यादवले दाबी गर्दै आएपनि यादव निर्विरोध दलको नेतामा चयन भएका हुन् ।

अध्यक्ष उपेन्द्र यादवले रामसहाय यादवलाई निर्विरोध नेतामा चयनका लागि प्रस्ताव गरेका थिए । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् । यस्तै जसपाको सरकारमा सहभागिताका विषयमा निर्णय गर्न भने राजनीतिक समितिको बैठक पुस १८–१९ मा बस्ने भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *