वीरगन्ज :

जनमत र नागरिक उन्मुक्ति पार्टी एकता: नयाँ पार्टी वैशाख १९ मा दर्ता हुँदै

श्रेणी : BANNER

3 months
Pradeep Sah
1.8kViews
1833 Shares

काठमाडौँ,१६ वैशाख । डा. सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने पक्का भएको छ। दुई दलबीचको एकता पछि बन्ने नयाँ पार्टीको नाम जनमत पार्टी नै रहनेछ र वैशाख १९ गते निर्वाचन आयोगमा दर्ता गरिनेछ।

दुवै पक्षबीच वैशाख १७ गते एकता घोषणा गरिनेछ। सो दिन नै एकीकृत पार्टीको केन्द्रीय समिति गठन गरी निर्वाचन आयोगमा दल दर्ता गर्न आवश्यक निर्णयहरू लिइने जनाइएको छ। वैशाख १८ गते सार्वजनिक बिदा परेकाले १९ गते आयोगमा निवेदन दिने तय भएको हो।

नयाँ पार्टीमा ७०० सदस्यीय केन्द्रीय समिति रहनेछ, जसमा दुवै पार्टीबाट समान संख्यामा प्रतिनिधित्व हुनेछ। पदाधिकारी संख्या ५१ जना रहनेछ, जसमध्ये २५ जना नागरिक उन्मुक्तिपक्षबाट रहनेछन्, रेशम चौधरी संरक्षकका रूपमा रहनेछन्।

नागरिक उन्मुक्ति पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले एकता प्रक्रिया अनुमोदन गरेको पार्टीका महासचिव गंगाराम चौधरीले जानकारी दिए।

संरक्षक रेशम चौधरीले बैठकमा बोलेका थिए, “दुई पार्टीको एकताले नयाँ राजनीतिक इतिहास रच्नेछ, यो पार्टी अब सबैको साझा राजनीतिक घर बन्नेछ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *