काठमाडाैं, ११ फागुन । ललितपुरको ग्वार्कोचोकमा जनता समाजवादी पार्टी (जसपा)को नयाँ केन्द्रीय कार्यालयको उद्घाटन केन्द्रीय अध्यक्ष अशोक कुमार राईले गरेका छन्। उद्घाटन समारोहमा पार्टीका शीर्ष नेताहरू, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमका वक्ताहरूले पार्टीको आगामी यात्रा, संगठन सुदृढीकरण, र जनसेवामा केन्द्रित योजनाहरूबारे आफ्नो धारणा राखे। नयाँ कार्यालयले पार्टीको प्रशासनिक कार्यहरूलाई थप व्यवस्थित गर्दै जनताको सेवामा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।
प्रतिक्रिया