वीरगन्ज :

जनकपुरधाममा पत्रकारमाथि आक्रमणप्रति समाजवादी प्रेस संगठनको आपत्ति

श्रेणी : BANNER

2 months
Pradeep Sah
1.6kViews
1957 Shares

जनकपुर,२८ साउन ।  मधेश प्रदेशको राजधानी जनकपुरधाममा मंगलबार पत्रकारमाथि भएको नियोजित आक्रमणप्रति समाजवादी प्रेस संगठन नेपाल, मधेश प्रदेश समितिले तीव्र आपत्ति जनाएको छ।

संगठनका अनुसार साउन २७ गते नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय, अनिलकुमार गिरीलगायत सञ्चारकर्मीहरू कानुन व्यवसायीहरूको समूहद्वारा आक्रमणमा परी घाइते भएका हुन्। घाइतेमध्ये महासचिव ‘क्रान्ति’को खुट्टा भाँचिएको र पत्रकार साहको टाउकोमा गम्भीर चोट लागेको विज्ञप्तिमा उल्लेख छ।

संगठनले आक्रमणलाई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रत्यक्ष चुनौतीको रूपमा व्याख्या गर्दै दोषीलाई तत्काल कानुनी कारबाहीमा ल्याउन आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “पत्रकारको पेशागत कर्तव्यमा अवरोध गर्ने वा शारीरिक आक्रमण गर्ने प्रयास कदापि सह्य हुनेछैन।”

साथै, दोषीलाई उन्मुक्ति दिने प्रवृत्ति दण्डहीनतालाई बढावा दिने भएकाले त्यसविरुद्ध निरन्तर प्रतिरोध गर्ने अडान दोहोर्याइएको छ।

संगठनले निष्पक्ष छानबिन, प्रदेशभरका पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्ने ठोस योजना र आवश्यक परे सामूहिक आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *