
श्रेणी : मधेस
बीरगन्ज,०१ भदौं । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १, टोल पिडारीमा करिब ८ बिघा खाली ऐलानी जग्गामा आइतबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
समृद्धिका लागि वन परियोजना अन्तर्गत आयोजना गरिएको कार्यक्रममा आँप, कटहर, जामुन, खयर लगायतका प्रजातिका विरुवा रोपिएको छ। कार्यक्रमको उद्घाटन पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा पर्सा क्षेत्र नं. ४ का सांसद रमेश रिजाले गरेका थिए।
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षता तथा पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य शंकर चौधरी, पर्सा प्रहरी उपरीक्षक गौतम मिश्र, नेपाली कांग्रेसका नेता रमेश पाण्डे लगायतका नेताहरूको सहभागिता रहेको थियो।


प्रतिक्रिया