श्रेणी : मधेस
      2.7kViews
      
      
      1214
      Shares
      
      
बीरगन्ज,२५ पुस । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ विर्ता टोलका दलित बालबालिकालाई स्वीटर र टोपी वितरण गरिएको छ। जन सेवा नामक सामाजिक संस्थाले यहाँका ४५ जना विद्यालयमा अध्ययनरत दलित बालबालिकालाई यी सरसामानहरू उपलब्ध गराएको हो।
बीरगन्जस्थित राज होजियारीले उपलब्ध गराएको स्वीटर र टोपी बिहीबार बालबालिकाहरुलाई वितरण गरिएको छ। वितरण कार्यक्रममा जन सेवा संस्थाका संयोजक बृजेश्वर प्रसाद चौधरीले बताए ।
उक्त कार्यक्रमका अवसरमा संस्थाकी सदस्य शुभावती देवी, स्थानीय व्यक्तित्व सन्तोष कुमार राम, सरोज प्रसाद रौनियार, शिक्षिका शिवरति देवी राम लगायतका प्रमुख व्यक्तिहरू उपस्थित थिए।
    
    
    
									
									
									
									
        
        
प्रतिक्रिया