वीरगन्ज :

जगरनाथपुरका अध्यक्ष यादवकाे पहलमा ३ विघा १८ कठा जग्गा नेपाल सरकारको नाममा फिर्ता

श्रेणी : मधेस

1 year
Pradeep Sah
1.8kViews
1266 Shares

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे पहलमा नेपाल सरकारको जग्गा फिर्ता भएको छ ।

जगरनाथपुर गाउँपालिकाकाे वडा नं.३ टोल बिजबनियामा बर्षौदेखि अतिक्रमण गरि ब्यक्तिको नाउँमा गएकाे ३ बिघ्घा १८ कठ्ठा जग्गा पुन: नेपाल सरकारको नाउँमा कायम भएकाे गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले वताए ।

चन्दकलिन कुर्मी नाउबाट नेपाल सरकारकाे नाउमा कायम भएकाे जग्गाकाे लालपुर्जा पनि आफुहरु बिहिबार पाइसकेकाे अध्यक्ष यादवले वताए ।

मिति २०८० फागुन १५ गतेकाे निर्णय अनुसार तथा जगरनाथपुर गाउँपालिकाकाे च.न. २१२६ मिति २०८० भदाै १९ काे पत्र अनुसार साविक विजबनिया गाविस वडा नं. २ मा रहेकाे किता नं. ६२ काे ३ विघा १८ कठा जग्गा नेपाल सरकारकाे नाउमा कायम भएकाे मालपाेत कार्यालय पर्साले जनाएकाे छ । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *