वीरगन्ज :

चिकित्सक कुटपिटको विरोधमा देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

श्रेणी : BANNER

2 years
birgunj report
96Views
0 Shares

काठमाडौं । हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण भएको घटनाको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालका आकस्मिबाहेकका सेवा ठप्प भएका छन् । देशभरका अधिकांश अस्पतालले आज बिहानदेखि आकस्मिकबाहेकका सेवा बन्द गरेका छन् ।

नेपाल चिकित्स संघले शनिबार विज्ञप्ति जारी गरी आइतबारदेखि आइतबारदेखि देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने बताएको थियो । संघको आह्वानअनुसार आइतबार देशभरका अधिकांश अस्पतालहरुमा ओपीडी सेवा बन्द गरिएको छ ।सन्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि आक्रमण गर्नेलाई कारबाही नगरिएको भन्दै संघले देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।संघले देशभरका स्वास्थ्य संस्थाहरुमा अनिवार्य रुपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अबिलम्ब मिलाउनु माग पनि राखेको छ । संघको आह्वानमा अस्पताल बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *