वीरगन्ज :

चार दिनदेखि पहिरोका कारण हुम्लाको खच्चा सडक अवरुद्ध

श्रेणी : प्रदेश

6 months
Pradeep Sah
2.8kViews
1879 Shares

सिमकोट, ३० माघ । सुक्खा पहिरोका कारण जिल्लाको दक्षिण भेग सर्केगाड गाउँपालिका–१ अन्तर्गतको कर्णाली करिडोरको खच्चा सडक चार दिनदेखि अवरुद्ध भएको छ ।

सर्केगाड गाउँपालिका वाडा न. १ तुम्चगाउँका रतन रावतका अनुसार गत आइतबार बिहानदेखि सुक्खा पहिरो खसेर अवरुद्ध भएको उक्त सडक अझै सञ्चालन भएको छैन । सडक अवरुद्ध भएपछि स्थानीय पैदल यात्रा गर्न बाध्य भएका छन् ।

यसैबीच, बालकुनास्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार राजबहादुर विष्टले पहिरो पन्छाएर बाटो खोल्ने अथक प्रयास भइरहेको राससलाई टेलिफोनमा बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *