श्रेणी : मधेस
सुबोध कुमार गुप्ता एक सफल उद्योगपति एवम् व्यवसायी हुन् । नेपाल उद्योग वाणिज्य महासंघको गत निर्वाचनमार्फत वस्तुगत संघका तर्फबाट कार्यकारीणी सदस्यमा निर्वाचित गुप्ता अहिले महासंघअन्तर्गतकै बैंक वित्तीय तथा बीमा समितिको उपसभापति छन्। वीरगञ्ज उद्योग संघका अध्यक्ष समेत रहेका उनी व्यावसायिक रूपमा कृषि र खाद्यान्नको क्षेत्रमा आवद्ध छन्। कृषि एवम् खाद्यान्नको क्षेत्रमा लगानी गर्दै आएको प्रतिष्ठित व्यावसायिक घराना मोहित ग्रुपका सञ्चालक रहेका उनले हाल उक्त ग्रुपको प्रबन्ध निर्देशकको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।
मोहित ग्रुप खाद्य क्षेत्रको एक स्थापित ब्राण्ड हो। जुन कम्पनीको स्थापना सन् १९९० मा भएको हो। यो कम्पनीले अहिले विभिन्न २० वटा भन्दा बढी जिल्लामा आफ्नो उपस्थिति जनाएको छ भने १० लाख भन्दा बढी ग्राहकको पहुँचमा मोहित ग्रुपका उत्पादन पुग्ने गरेको छ । कम्पनीले हाल त्रिलोकी, शहिल, बासुदेव र मोहित ब्राण्डबाट विभिन्न परिमाणमा गुणस्तरीय चामल उत्पादन गर्दै आएको छ । करिब ३०० जनालाई रोजगारी समेत दिलाएको ग्रुपलाई सही दिशा र गति दिन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका सुबोध कुमार गुप्ताको सार्थक सोच, अद्वितीय कार्यकौशलता तथा व्यवस्थापकीय क्षमताका कारण मोहित ग्रुप छोटो समयमा नै स्थापित हुन सफल भएको मान्न सकिन्छ। यसरी एक प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान खडा गर्न सफल गुप्तालाई सम्भावना बोकेका व्यवसायी नेताका रूपमा समेत हेरिदै आइएको छ।
कृषि एवम् औद्योगिक क्रान्तिबाट नै देशले समृद्धि हासिल गर्न सक्छ भन्ने सोच र भावनाबाट ओतप्रोत गुप्ताले देशको मुहार फेर्न सक्ने उत्पादनशील क्षेत्रमा लगानी विस्तार गरिरहेका मात्र छैनन् कि यसका अलवा पनि निजी क्षेत्रको तर्फबाट त्यस क्षेत्रलाई नेतृत्व समेत गरिरहेका छन्। गुप्ता हाल चामल, दाल, तेल उत्पादक संघका केन्द्रीय अध्यक्ष समेत हुन । उक्त संघको नेतृत्व सम्हाल्दै गर्दा गुप्ताले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने दूरगामी सोच बोकेर अघि बढेका छन् ।
संगठन सुदृढीकरणको कार्य होस् वा राज्य स्तरमा निजी क्षेत्रको आवाजलाई बुलन्द पार्ने कार्य यस मामिलामा गुप्ताको कार्यकाल निकै सफल मानिन्छ ।
खाद्य उद्योग क्षेत्रको विकास र उन्नयनमा निकै
सक्रियतापूर्वक लागि पर्दै आएका गुप्तालाई व्यावसायिक
वृत्तमा दूरदृष्टि भएका नेताको रूपमा लिइन्छ । युवा
व्यवसायीहरू माझ निकै चर्चित गुप्ता नयाँ पुस्ताका
लागि रोलमोडल बन्न सक्ने ल्याकत राख्छन् ।
त्यसो त सुबोध कुमार गुप्ता नेपालको व्यापारिक
नगरी विरगञ्जवासीमाझ उत्तिकै चर्चित र लोकप्रिय
छन् । उद्योगपति एवम् व्यवसायीहरूको शहरको उपमा
पाएको वीरगञ्ज वास्तवमै नेपालको प्रमुख व्यापारिक
केन्द्र हो । गुप्ताले यही शहरबाटै आफ्नो व्यावसायिक यात्राको शुभारम्भ गर्दै सफलता प्राप्त गर्दै अगाडि बढिरहेका छन् । दुई दशकअघिदेखि वीरगन्ज उद्योग वाणिज्य संघको कार्यसमितिमा रहेर काम गर्दै आएका गुप्ता हाल संगठनको अध्यक्ष बनेका छन्। यसर्थ उनलाई समग्र निजी क्षेत्रले उद्योग वाणिज्य क्षेत्रका अनुभवी र दिग्गज सारथीका रूपमा हेर्ने गरेको पाइन्छ । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघको बैंक वित्तीय तथा बीमा समितिमा उनलाई निक्कै काविल नेतृत्वका रूपमा हेरिदै आएको छ । उक्त समितिले नेपालका बैंक, वित्तीय संस्था, बीमा कम्पनीलगायत वित्त क्षेत्रसँग सम्बन्धित रहेर देशको वित्त, उद्योग, व्यवसाय आदि क्षेत्रको उन्नयनका लागि भूमिका निर्वाह गर्दै आएको छ ।
गुप्तामा निहित प्रवल सोच, काम गर्ने तौरतरिका र
सबल नेतृत्वदायी भूमिका उनका सकारात्मक पक्ष र
प्रमुख विशेषता समेत हुन् । भावी दिनमा महासंघलाई
हाँक्न सक्ने क्षमता भएको नेताको रूपमा समेत
उनलाई हेरिन थालिएको छ ।
प्रतिक्रिया