बीरगन्ज,२१ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गौर राइस मिल क्षेत्रको जग्गा अधिग्रहण प्रक्रियालाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधबार जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री सिंहले गौर राइस मिलको ठूलो भूभाग गुम्न सक्ने खतरा प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै कानुनी जटिलता, स्रोत व्यवस्थापन र संरक्षणका उपायहरू तत्काल अध्ययन गर्ने निर्देश दिएका छन्।
मुख्यमन्त्री सिंहले प्रदेश सरकारबाट सम्भव हुने अधिग्रहण प्रक्रियाका लागि कानुनी प्रावधानको विस्तृत अध्ययन गर्न मुख्यन्यायाधिवक्ता सुरेन्द्र महतोलाई निर्देशन दिएका छन्। साथै, गौरबासीको भावना र गौर राइस मिलको ऐतिहासिक महत्त्वलाई ध्यानमा राखी आवश्यक स्रोत सुनिश्चित गर्दै जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइने प्रतिबद्धता उनले जनाएका छन्।
प्रतिक्रिया