वीरगन्ज :

गृह मन्त्रालयद्वारा महोत्तरी घटना छानबिन गर्न समिति गठन

श्रेणी : BANNER

2 years
birgunj report
7Views
0 Shares

काठमाडौँ । गृह मन्त्रालयले महोत्तरीमा यही कात्तिक १० गते भएको घटनाको छानबिनका लागि समिति गठन गरेको छ ।

महोत्तरीको भङ्गाहा नगरपालिका–८ मा छठको अवसरमा आयोजित कलस यात्राका क्रममा भएको विवादमा असामान्य स्थिति सिर्जना भइ घटेको घटनाको सन्दर्भमा छानबिन गर्न मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रीस्तरीय निर्णयबाट गठित समितिका सदस्यमा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी रहेका छन् । समितिलाई सात दिनभित्रमा प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *