
श्रेणी : अपराध
काठमाडाैं,०७ जेठ । हालै मात्र गृह मन्त्रालयमा सरुवा भएका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार साँझ नियन्त्रणमा लिएको छ।
भट्टराई गृह मन्त्रालय पुगेको केही घण्टामै अख्तियारको टोलीले उनलाई मन्त्रालय परिसरबाटै पक्राउ गरेको हो। उनीमाथि भिजिट भिसा प्रक्रियामा अनियमितता गरेको गम्भीर आरोप लागेको बताइएको छ।
यसअघि भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा प्रमुख अधिकृतको रूपमा कार्यरत थिए। सोही कार्यकालमा भिजिट भिसासम्बन्धी गडबडी भएको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालनी गरेको हो।
अख्तियार स्रोतका अनुसार, प्रारम्भिक प्रमाणका आधारमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। अब थप छानबिनपछि मात्र स्पष्ट तथ्य सार्वजनिक गरिने बताइएको छ।


प्रतिक्रिया