वीरगन्ज :

गृहमन्त्रीको नागरिकता विवादमा सर्वोच्चमा आजदेखि अन्तिम सुनुवाइ हुँदै

श्रेणी : राजनीति

2 years
birgunj report
12Views
0 Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पदको निरन्तरतासँग जोडिएको नागरिकता विवादमा सर्वोच्च अदालतमा आजदेखि अन्तिम सुनुवाइ हुँदैछ । लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहेको वा नरहेको र उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन फेरि आवेदन दिनुपर्ने थियो वा थिएन भन्ने विवाद सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ ।

अमेरिका हुँदा त्यहाँको नागरिकता लिएका लामिछाने नेपाल आएर सञ्चारकर्म गरिरहँदा विवाद भएपछि त्यहाँको नागरिकता त्यागेका थिए । अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता फेरि कायम गर्ने प्रक्रिया पूरा नगरेको भनी उनको सांसद पद खारेज हुनुपर्ने मागदावी सहितको सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि फेरि नागरिकता कायम गराउन निवेदन नदिएकाले उनको पुरानो नागरिकता प्रमाणपत्र बैध नहुने दावी रिट निवेदकको छ । गृहमन्त्री लामिछानेले भने आफूले नागरिकता परित्याग नगरेको दावी गरेका छन् ।

अमेरिकाको नागरिकता लिएपछि नेपालको नागरिकता कायम नरहे पनि त्यताको त्याग्नासाथ स्वतः कायम हुने उनको दावी छ । नेपाल नागरिकता ऐन, २०६३ को दफा १० मा ‘नेपालीले आफूखुशी विदेशी नागरिकता प्राप्त गरेपछि उसको नेपाली नागरिकता कायम नरहने’ व्यवस्था छ ।

अनि उसले फेरि नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस दिनदेखि फेरि नेपाली नागरिकता कायम हुने’ अर्को प्रावधान पनि छ । लामिछानेले १० फागुन २०५० मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रमाणपत्र लिएका थिए ।

२१ फेब्रुअरी २०१४ मा लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरे । आजदेखि सुरु हुने सुनुवाइ टुंगिएपछि सर्वोच्च अदालतले कि त लामिछानेले नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्ने ठहर गर्दै उहाँको सांसद र मन्त्री पद खारेज गर्छ । अथवा उहाँले अमेरिकाको नागरिकता त्यागेपछि स्वतः नेपाली नागरिकता कायम हुने भनी व्याख्या गर्ने अर्को सम्भावना पनि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *