वीरगन्ज :

गुरुग्रामदेखि रक्सौलसम्मको घटनाक्रम: मानव तस्करी र शोषणको योजनाबाट किशोरी सुरक्षित

श्रेणी : BANNER

1 week
Pradeep Sah
2.6kViews
1310 Shares

वीरगंज (पर्सा), १८ मंसिर । मानव तस्करी तथा शोषणको उद्देश्यसहित नेपाल लैजाँदै गरिएको एक नाबालिग किशोरीलाई एसएसबि अन्तर्गत मानव तस्करी रोधी इकाई (AHTU) BIT–47 वी वाहिनी तथा प्रयास जैक सोसाइटी (NGO) को संयुक्त टोलीले उद्धार गरेको छ । रक्सौलको मैत्री पुल नजिक संदेहका आधारमा गरिएको जाँचपछि किशोरीको सुरक्षित उद्धार सम्भव भएको हो ।

टोलिले जाँचका क्रममा एक पुरुष र बुर्का लगाएकी किशोरीलाई रोकेर सोधपुछ गर्दा पुरुषले आफू मोहम्मद अजमुल्ला अली र किशोरी सलीमा बेगम रहेको भन्दै झूटो विवरण दिएको थियो । तर अनुसन्धानमा पुरुष मुस्लिम र किशोरी हिन्दू समुदायको रहेको तथा जबरजस्ती बुर्का लगाइ धर्म परिवर्तन गर्न दबाब दिइएको खुलासा भयो ।

सोसल मिडियाबाट प्रेमजाल, विवाह नाममा शोषण
छुट्टाछुट्टै काउन्सिलिङपछि नाबालिगले बताएकी छिन्, आरोपित अली पश्चिम चम्पारण, बिहारको बासिन्दा हो । उसले सोसल मिडियामार्फत प्रेममा फसाई १३/११/२५ मा घरबाट भगाई गुरुग्राम (हरियाणा) लगेको र त्यहाँ विवाहको प्रलोभन देखाई शारीरिक शोषण गरेको आरोप लगाइन् ।

उनका अभिभावकले छोरी अपहरणमा परेको भनी स्थानीय प्रहरीमा उजुरी गरिसकेका थिए । प्रहरी खोजीबाट बच्न आरोपीले हरियाणाबाट नेपाल तर्फ भाग्ने योजना बनाएको तथा पहिले दुबईमा काम गरेको समेत खुलेको छ ।

कानूनी कारबाहीका लागि प्रहरीमा बुझाइयो
उद्धारपछि नाबालिग किशोरी र आरोपी पुरुष दुवैलाई आवश्यक दर्ता–अनुसन्धानका लागि रक्सौलस्थित हरैया थानामा बुझाइएको छ । उद्धार कार्यमा AHTU इन्स्पेक्टर विकास कुमारसहित खेमराज, विभा कुमारी, लाभा पी., के. इन्द्रा, सदर मोनिका तथा प्रयास जुभेनाइल एड सेन्टर (पूर्वी चम्पारण) की परियोजना समन्वयक आरती कुमारी, सामाजिक कार्यकर्ता राज गुप्ता लगायतको संयुक्त टोली संलग्न रहेको थियो । उद्धारसँगै योजना बद्ध मानव तस्करी तथा धर्म परिवर्तनमार्फत हुने शोषणको अर्को घटना रोकिएको उद्धारकर्ताले बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *