वीरगन्ज :

गुडविल सोसाइटीद्वारा वीरगंजका दुई वडामा ३५०० बिरुवा वितरण

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.9kViews
1488 Shares

वीरगंज महानगरपालिका–२ र ३१ का वडालाई हराभरा बनाउने उद्देश्यसहित गुडविल सोसाइटी संस्थाले ३५०० बिरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा आम्बा, आम्ला, सखुवा, सिसो लगायतका बिरुवा निःशुल्क वितरण गरिएको थियो।

गुडविल सोसाइटीका अध्यक्ष अरबाज आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य सजाद, शाहनवाज, सौकत, सोहैब, समाउँदिन, अदनन् लगायत संस्थाका सम्पूर्ण पदाधिकारी उपस्थित थिए।

बिरुवा वितरणमा वन डिभिजन कार्यालय, पर्साले महत्वपूर्ण सहयोग गरेको थियो। यस कार्यक्रमले स्थानीय बासिन्दालाई बिरुवा रोप्न र वातावरण संरक्षणमा सक्रिय सहभागी हुन प्रेरित गरेको छ।

अध्यक्ष आलमले कार्यक्रममा भने, “हामीले आज वितरण गरेका बिरुवाले केवल वातावरण सुन्दर बनाउने मात्र होइन, भविष्यमा हरियाली र स्वस्थ वातावरणको सुनिश्चितता गर्नेछन्।”

स्थानीय बासिन्दाहरूले पनि कार्यक्रमप्रति खुशी व्यक्त गर्दै बिरुवाको संरक्षण र हेरचाहमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। गुडविल सोसाइटीले आगामी दिनमा पनि यस्ता वातावरणीय अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *