वीरगन्ज :

गण्डकी प्रदेशको मन्त्रिपरिषदले पायो पूर्णता

श्रेणी : समाचार

2 years
birgunj report
9Views
0 Shares

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। मुख्यमन्त्री अधिकारीले तीन नयाँ मन्त्रीको नियुक्तिसहित ७ सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन्।

यसअघि सोमबार मन्त्रिपरिषद्ले गण्डकीमा ७ सदस्यीय मन्त्रिपरिषद बनाउने निर्णय गरेको थियो। अघिल्लो सरकारमा १२ मन्त्रालय थिए । पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सोही दिन तीन जनालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री अधिकारीले मंगलबार ३ नयाँ मन्त्रीमा एमालेबाट रोशनबहादुर गाहा थापामगर, श्याम गुरुङ र माओवादीबाट रेशम जुग्जालीलाई नियुक्त गरेका हुन्।

यसअघि मुख्यमन्त्री अधिकारी नियुक्त भएकै दिन एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ मन्त्री भएका थिए । ७ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित एमालेका ४, माओवादीका २ र राप्रपाबाट १ जना मन्त्री भएका छन्।

मन्त्रिपरिषदलाई पूर्णता दिँदै मुख्यमन्त्री अधिकारीले सबै मन्त्रीहरुलाई विभागीय जिम्मेवारी पनि सुम्पिएका छन् । माओवादीका हरिबहादुर चुमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, एमालेकी सीता सुन्दास आर्थिक मामिला, राप्रपाका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्य, एमालेकै रोशन गाहाथापामगर आन्तरिक मामिला तथा कानुन, वेदबहादुर गुरुङ कृषि, ऊर्जा तथा जलस्रोत र माओवादीका रेशम जुग्जाली उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *