
श्रेणी : BANNER
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार बन्ने र बदल्ने कुरा सामान्य भएको बताएका छन् । शनिबार पार्टीको काठमाडौं क्षेत्र नम्बर चारको क्षेत्रीय सम्मेलनलाई सम्बधोन गर्दै महामन्त्री थापाले गठबन्धन ठिक ढंगले नचले गठबन्धन फेरिने बताएका छन् ।
उनले अब कांग्रेस एक्लै चुनाव लड्ने तयारीमा लाग्नुपर्ने बताए । उनले भने,‘सरकार छाड्नु परे छाडौं तर कांग्रेस अब गठबन्धन नगरी एक्लै चुनावमा जाने तयारीमा लाग्नुपर्छ । विगतमा निर्वाचन अघि गठबन्धन गरिनु गलत थियो ।’
महामन्त्री थापाले समाजवादी मोर्चाले कांग्रेसलाई केही फरक नपर्ने बताए । उनले भने,‘मोर्चाले कांग्रेसलाई केही फरक पर्दैन । अझ मोर्चामा एमाले पनि जाओस् ।’ महामन्त्री थापाले समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने बताए ।

प्रतिक्रिया